logo

२१.६३ अंकले घट्यो सेयर बजार

    669   पटक पढिएको


३ चैत/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ दशमलब ६३ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २७ सय १४ दशमलब ८५ विन्दुमा झरेको छ ।
यसदिन कारोबारमा आएका विभिन्न कम्पनीहरु मध्ये २०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ भने जम्मा ३२ वटा कम्पनीको सेयर मुल्य मात्र बढेको छ । आइतबार सुन्य दशमलब ७९ प्रतिशतले सेयर बजार घटेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यसदिन कुल ३ सय १६ वटा कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर खरिदविक्री भएको छ । आइतबार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन व्यापार उपसमुहको सेयर मुल्य बाहेक सबै उपसमुहको सेयर मूल्य घटेको छ ।

यसदिन सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् । यस उपसमुहको सेयर मूल्य २ दशमलब २५ प्रतिशतले घटेको छ । व्यापार उपसमुहको सेयर मुल्य ४ दशमलब ९२ प्रतिशतले बढेको छ । आइतबार सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सो संस्थाको सेयर मूल्य ८ दशमलब १९ प्रतिशतले बढेर २ हजार ३ सय ९० रुपैयाँ पुगेको छ ।

त्यसपछि विशाल बजार कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रो सहितको सेयर मूल्य बढेको छ । यसदिन ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । सो बैंकको सेयर मूल्य ७ दशमलब ९१ प्रतिशतले घटेर १ हजार २ सय ५८ रुपैयाँमा झरेको छ ।

यस दिन पिपुल्स हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लगायतका लगानीकर्ताले धेरै गुमाएका छन् । हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्से १७ दशमलब २८ अंकले बढेर २७ सय ३६ दशमलब ४८ विन्दुमा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।