२८ फागुन/अर्थ र व्यापार– लगातार अघिल्ला ७ कारोबार दिनसम्म घटेको सेयर बजार यस साताको चौथो कारोबार दिन बुधबार भने १७ दशमलब २८ अंकले बढेको छ । यस वृद्धिपछि सेयर बजार परिसूचक नेप्से २७ सय ३६ विन्दुमा कायम भएको छ ।
बुधबार कारोबार सुरु भएको ढेड घण्टापछि साढे १२ बजेतिर सेयर बजार बढेर २७ सय ४५ अंकसम्म पुगेको थियो । यसदिन नेप्से बढ्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा अझै कम भएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन ८ अर्ब २३ करोड ५२ लाख ७८ हजार ७ सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ वटा उपसमुहका सूचकहरु मध्ये यसदिन धेरैजसो उपसमुहको सेयर मुल्य बढेको छ । बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ५३ प्रतिशत, फाइनान्स उपसमुहको सुन्य दशमलब ०२ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ६४ प्रतिशत , हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ८५ प्रतिशतले बढेको छ ।
यसैगरी, लगानी उपसमुहको १.७६ प्रतिशत, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढेको छ ।
पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ९.७९ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मुल्य ६ प्रतिशतले बढ्यो ।
यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ४ दशमलब ३१ प्रतिशत , ग्रीन डेभलपमेन्टको ३.८ प्रतिशत सेयर मूल्य घटेको छ । माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य २७ प्रतिशत र विकास बैंक उपसमुहको सेयर मुल्य सुन्य दशमलब ३३ प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहकोे छ ।
तपाईको प्रतिक्रिया