logo

नेप्से ३२.२१ अंकले घटेर २७ १९ विन्दुमा, विकास बैंकमा चमक

    397   पटक पढिएको


२७ फागुन/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३२ दशमलब २१ अंकले घटेर २७ सय १९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबार २ सय ९ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ३ वटाको स्थिर रहेको छ । ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन विकास बैंक उपसमुहमा आकर्षण देखिएको छ । यसदिन सबै उपसमुह राताम्मे भएर घट्दा यस उपसमुहको सेयर मुल्य १ दशमलब ९३ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ७१ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ५७ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १ दशमलब १३ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ५१ प्रतिशत, लगानी उपसमुहको १ दशमलब ८९ प्रतिशत, जीवन बीमा उपसमुहको १ दशमलब ३० प्रतिशतले घटेको छ ।
उत्पादन उपसमुहको २ दशमलब ४९ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ८९ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ९९ प्रतिशत , अन्य उपसमुहको १ दशमलब ६८ प्रतिशत र व्यापार उपसमुहको १ दशमलब ७९ प्रतिशतले घटेको छ ।
नेस्डो समृद्धि लघुवित्तको सेयर मुल्य ६ दशमलब ६९ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ५ दशमलब ३६ प्रतिशत, हिमालयन पावर पार्टनरको ४ दशमलब ७२ प्रतिशत र राप्ती हाइड्रोको ४ दशमलब ६८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेको छ ।
मंगलबार महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८ दशमलब ८ प्रतिशत , ज्योति विकास बैंकको ३ दशमलब ३५ प्रतिशत र सप्तकोशी विकास बैंकको् ३ दशमलब ११ प्रतिशतले सेयर मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।