logo

पाँच दिनको गिरावटपछि बल्ल ६.५४ अंकले बढ्यो नेप्से

    396   पटक पढिएको


२९ माघ/अर्थ र व्यापार – यसअघिका पाँच दिन लगातार घटेको सेयर बजार परिसूचक नेप्से छैटौं कारोबार दिन मंगलबार भने ६ दशमलब ५४ अंकले बढेर २६ सय ८३ दशमलब ८६ विन्दुमा आइपुगेको छ । गत २२ माघदेखि लगातार ५ कारोबार दिन घटेको नेप्सेमा ५२ दमलब ६४ अंकको गिरावट आएको थियो ।
मंगलबार अन्तिम ३ मिनेटमा नेप्से सामान्य अंकले उकालो लागेको हो । यसदिन सवैभन्दा धेरै विकास बैंक उपसमुह, जलविद्युत्, लगानी, म्युचुअल फण्ड र उत्पादनमूलक उपसमूहले नेप्से केही बढाएका हुन् । मंगलबार कारोबारमा आएका १३ वटा उपसूचकहरु मध्ये विकास बैंकको सूचक सबैभन्दा धेरै २ दशमलब ३७ प्रतिशतले बढेको छ ।
यसदिन १ सय ३४ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा सिकलेस हाइड्रोपावर भगवती हाइड्रोपावर रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
९८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ता छन् । यो कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसदिन ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै ३६ करोड ८१ लाखको सेयर कारोबार सीइडीबी होल्डिङको भएको छ ।
यसदिन विभिन्न चार वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीहरुमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स रहेका छन् । यसैगरी, सप्तकोशी विकास बैंकको ८.५ प्रतिशत, इमर्जिङ नेपालको ७.५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
झिनो अंकले नेप्से बढेपनि भूगोल इनर्जीको सेयर मुल्य १० प्रतिशतले घटेको छ । यसैगरी, उपकार लघुवित्तको सयेर मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमकाम आधारमा सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।