२६ माघ/अर्थ र व्यापार – सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलब ४९ अंकले घटेर २६ सय ८८ दशमलब ३१ विन्दुमा आइपुगेको छ। फाइनान्स, माइक्रोफाइनान्स, ट्रेडिङ र म्यानुफ्याक्चरिङ बाहेकका उपसूहले नेप्से घटाएका हुन् । विकास बैंकको सूचक सबैभन्दा धेरै १.३५ प्रतिशतले घटेको छ । घटेको बजारमा दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सेन्ट्रल फाइनान्स र आइतबारबाट कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफको सेयर मूल्य प्रति कित्ता ३ सय ३१ रुपैयाँ पुगेको छ । बजारमा ८ अर्ब ३९ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
तपाईको प्रतिक्रिया