logo

सेयर बजारका सबै सूचकमा हरियाली, नेप्से २४.५० अंकले बढेर २६५७ विन्दुमा

    590   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक बढेर हरियाली भएका छन् । यसदिन सेयर बजार परिसूचक नेप्से २४ दशमलब ५० अंकले बढेर २६ सय ५७ दशमलब ७७ विन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार कारोबार रकम पनि बढेको छ । यसदिन ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो ।
यसदिन १ सय ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ६० वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ६ वटाको स्थिर रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार विकास बैंक उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ४ दशमलब ७ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमुहको ०.२२ प्रतिशत , फाइनान्स उपसमुहको १.८८ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.६८ प्रतिशत, हाइड्रोपावर उपसमुहको १.४९ प्रतिशत , लगानी उपसमुहको १प्रतिशतले सेयर मुल्य बढेको छ । यसैगरी, जीवन बीमा उपसमुहको ०.०८ प्रतिशत, उत्पादन उपसमुहको १.२३ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.४८ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.२८ प्रतिशत, अन्य उपसमुहको १.७४ प्रतिशत र व्यापार उपसमुहको ०.२४ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी, सिन्धु विकास बैंककको ९.४७ प्रतिशत , मितेरीको ८.८३ प्रतिशत, ग्रीनको ८.१९प्रतिशत र एक्सल डेभलपमेन्ट बैंकको ७.६३ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेको छ ।
१३ वटै उपसमुहको सूचक बढेर हरियाली छाएपनि दोल्ती पावरको सेयर मुल्य ८.४३ प्रतिशतले, सप्तकोशी विकास बैंकको ४.६३ प्रतिशत र भूगोल इनर्जीको २.८ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।