logo

सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोड माथीको सेयर कारोबार

    598   पटक पढिएको


७ माघ/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । यसदिन कारोबारको सुरुवातिदेखि नै निकै उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६ दशमलब ७८ अंकले बढेर २६ सय ७ दशमलब ९९विन्दुमा आइपुगेको छ ।
सोमबार कारोबारमा आएका ३ सय ११ वटा कम्पनीका १ करोड ३६ लाख ७७ हजार ९ सय ८३ वटाकित्ता सेयर खरिदविक्री भएको छ । यसदिन कुल ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८ सय ८६ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका मध्ये १ सय १८ वटा कम्पनीका सेयरमूल्य बढेको छ । १ सय १७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ८ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।
सोमबार फाइनान्स उपसमुहको सबैभन्दा धेरै २ दशमलब ५३ प्रतिशतले सेयर मुल्य घटेको छ भने अन्य उपसमुहमा २ दशमलब १३ प्रतिशतले बढेको छ । यसैगरी, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब १२ प्रतिशत, लगानी उपसमुहको दशमलब ६० प्रतिशत, जीवन बीमा उपसमुहको सून्य दशमलब ०४ प्रतिशतले बढेको छ ।
यसैगरी, उत्पादन क्षेत्र उपसमुहको १ दशमलब ६८ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब २३ प्रतिशत र व्यापार उपसमूहको १ दशमलब ०६ प्रतिशतले सेयर मुल्य बढेको छ ।
मानुषी लघुवित्तको मूल्य ९.०५ प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.७, दोल्ती पावरको ७.४, मध्यभोटेकोशीको ५.८, बाराही हाइड्रोपावरको ५.७, हिमालयन पावर पार्टनरको ५.६ तथा नेपाल पुनर्बीमा कम्पनीको ४.८४ प्रतिशत मूल्य बढ्यो ।
त्यसैगरी, बैंकिङ उपसमुहको सुन्य दशमलब २० प्रतिशत, विकास बैंक उपसमुहको सुन्य दशमलब ६० प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ०२ प्रतिशत र माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ०४ प्रतिशतले सयेर मुल्य घटेको छ ।
विन नेपाल लघुवित्त, सुपरमादी हाइड्रोपावर र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घट्यो । नेपाल फाइनान्सको ७ दशमलब १५ प्रतिशत, जानकी फाइनान्सको ६ दशमलब ९७ प्रतिशत, नारायणी डेभलपमेन्टको ५ दशमलब ९७ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.५५ प्रतिशत मूल्य घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।