२५ पुस/अर्थ र व्यापार – समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले कर प्रयोजनका लागि नगदसहित ५.२६ प्रतिशत प्रतिफल लाभांश घोषणा गरेको हो ।
लघुवित्तका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २ करोड ९९ लाख ५४ हजार रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन् । कम्पनीको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंक र लघुवित्तको साधारण सभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर प्राप्त गर्नेछन् । लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा ५.४२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । २०७८/७९ मा ३ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिएको थियो । यस्तै, २०७७/७८ मा ५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
तपाईको प्रतिक्रिया