logo

नेप्से ४९.१२ अंकले बढ्यो,६ अर्ब ३० करोड बढीको कारोबार

    562   पटक पढिएको


२२ पुस/अर्थ र व्यापार – सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आइतबार सामान्य अंकले बढेको सेयर बजार परिसूचक नेप्से सोमबार ४९ दशमलब १२ अंकले बढेर हाफ सेन्चुरी हानेको छ ।
यसदिन नेप्से ४९.१२ अंकले बढेर २६ सय ४० दशमलब ६८ विन्दुमा उक्लिएको छ । कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन् । हाइड्रोपावरको सूचक सर्वाधिक ३ दशमलब ५५ प्रतिशतले उकालो लागेको छ ।
६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको २९ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, साहस ऊर्जा १३ करोड ६५ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन इन्भेष्टमेन्ट ३.२३, होटल तथा पर्यटन २.९९ र विकास बैंकको सूचक २.४६ प्रतिशतले बढेको छ । सोमबार २ सय२६ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन्। १२ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । यसैगरी? दुई वटा कम्पनीको सेयर मूल्य घटेर नेगेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।