logo

सेयर बजार सामान्य अंकले बढ्यो

    499   पटक पढिएको


२१ पुस/अर्थ र व्यापार – सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंकले बढेर २५ सय ९१ दशमलब ५६ विन्दुमा पुगेको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो कारोबार दिन भन्दा केही बढेर झन्डै ५ अर्ब रुपैयाँको कारोबार भएको छ । आइतबार ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर खरिदविक्री हुँदा कुल ४ अर्ब ८६ करोड २ लाख १ हजार ९ सय ७४ रुपैयाँको कारोबार भएको छ । यसदिन व्यापार र हाइड्रोपावर उपसूचकमा केही वृद्धि भएपनि बैंकिङ लघुवित्त लगायत उपसूचकमा गिरावट देखिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक १.१४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले बढेको छ ।
यसदिन बैंकिङ उपसूचकमा ०.५५ प्रतिशतले गिरावट आएको छ । उत्पादनमूलक उपसूचकमा ०.६० प्रतिशतले गिरावट भएको छ । आइतबार बजारमा कुल २ सय ४३ वटा सूचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १ सय ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८ वटाकम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबारको सेयर बजारमा जानकी फाइनान्सको सर्वाधिक १९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि रिभर फल्स पावरको १७ करोड ३६ लाखको कारोबार भएको छ । यसदिन रसुवागढी हाइड्रोपावरको १२ करोड ९१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १२ करोड ७९ लाख र नेपाल फाइनान्सको ११ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार नेप्सेमा उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसैगरी, दोल्ती पावर कम्पनीको सेयर मूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढेको छ । त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.८८ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।