logo

सिविआईएल सेक्युरिटिजको नयाँ वर्ष अफर, १ देखि ३१ जनवरीसम्म डिम्याट र मेरोशेयर खाता खोल्ने ग्राहकलाई आजीवन निशुल्क खाता नविकरण गरिदिने

    489   पटक पढिएको


१४ पुस/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शत प्रतिशत लगानी रहेको सिविआईएल सेक्युरिटिज लिमिटेडले अंग्रेजी नयाँ वर्ष सन् २०२५वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । सो लिमिटेडले नयाँ वर्षको अफर बमोजिम १ देखि ३१ जनवरीसम्म डिम्याट तथा मेरोशेयर खाता खोल्ने ग्राहकलाई आजीवन समयका लागि नविकरण निशुल्क गरिएको जनाएको छ । साथै यो सुविधा लिने ग्राहकहरुले सिविआईएल सेक्युरिटिज लिमिटेडमा अनिवार्य रुपमा ब्रोकर खाता(टिएमएस अकाउन्ट ) पनि खोल्नुपर्दछ ।
नेपालको धितोपत्र बजारमा आम सर्वसाधारण नेपालीलाई सहभागी गराउन र लगानीको बाताबरण प्रर्वधन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक ग्राहकहरुलाई आजीवन समयका लागी नविकरण निशुल्क गरिएको सो कम्पनीले जनाएको छ । यस व्यवस्थाले आम सर्वसाधारण लगानीकर्ता लाभान्वित हुनुका साथै समग्र धितोपत्र बजारमा सकरात्मक सन्देश जाने अपेक्षा गरिएको सिविआईएल सेक्युरिटिज लिमिटेडले जनाएको छ ।
सिविआईएल सेक्युरिटिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष अर्यालले विज्ञप्ति मार्फत यस्तो जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।