७ पुस/अर्थ र व्यापार – नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । आइतबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यस कम्पनीले यो वर्ष ७ प्रतिशत बोनस शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
तपाईको प्रतिक्रिया