२ पुस/अर्थ र व्यापार – माउन्टेन इनर्जी नेपालले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
यस कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । बोनस सेयर सूचीकृत भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रुपैयाँ पुग्नेछ ।
बोनस सेयर वितरणपछि कायम हुने पुँजीको १ः०.५० अनुपातमा सो कम्पनीले १ अर्ब ३० करोड १३ लाख रुपैयाँको १ करोड ३० करोड १३ लाख ५७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयरबाट संकलन गरेको रकम ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने सो कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासनका लागि यस कम्पनीले विद्युत नियमन आयोगको स्वीकृति मागेको जनाएको छ ।
तपाईको प्रतिक्रिया