logo

आज पनि घट्यो सेयर बजार,नेप्से १२.८४ अंकले घट्यो

    640   पटक पढिएको


२४ मंसिर/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १२.८४ अंकले घटेर २६ सय ७६ दशमलब १५ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा यसदिन सेयर कारोबार रकम पनि खुम्चिएर जम्मा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२ रुपैयाँमा सिमित भएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको ३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका कुल ३१७ वटा कम्पनीहरु र १३ वटा उपसमुह मध्ये फाइनान्स, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले सेयर बजार घटाएका हुन् । यसदिन १ सय ३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ९२ वटा कम्पनीको सेयरमुल्य बढेको छ भने १३ वटाको स्थिर रहेको छ । स्वाभिमान लघुवित्तको सेयर मूल्य घटेर नकारात्मक सर्किट लागेको छ । त्यसपछि खानीखोला हाइड्रोपावरको ८.२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२ प्रतिशत , सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बैंकिङ उपसमुहको ०.४६ प्रतिशत , विकास बैंक उपसमुहको ०.६८प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.८३ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.५४ प्रतिशत, जीवन बीमा उपसमुहको १.६७ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.६१प्रतिशत , निर्जीवन बीमा उपसमुहको १.१६ प्रतिशत र व्यापार समूह १.३० प्रतिशतले सेयर मुल्य घटेको छ ।
इमर्जिङ नेपालको सेयर मुल्य सर्वाधिक ८ दशमलब ७६ प्रतिशतले वृद्धि भएको छ । उत्पादनमुलक क्षेत्र उपसमुहको १.०६ प्रतिशत, लगानी उपसमुहको ०.७६ प्रतिशत , फाइनान्स उपसमुहको सेयर मुल्य ०.१५ प्रतिशतले बढेको छ । दिनभरको सेयर कारोबारमा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २७ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।
यसैगरी, महिला लघुवित्तको ७.१ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३ प्रतिशत , हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।