२४ मंसिर/अर्थ र व्यापार – हिमालयन डिस्टिलरीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यस कम्पनीले लाभांश वितरणका लागि आगामी १९पुसमा बुक क्लोजको मिति तय गरेको छ ।
जसकालागि आगामी १८ पुससम्म कायम सेयरधनीले यस कम्पनीको लाभांश लिन र साधारणसभामा भाग लिन सक्नेछन् । यसअघि सो कम्पनीले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ सय ७० रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया