२७ मंसिर/अर्थ र व्यापार – साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको हो ।
संस्था सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । लघुवित्तले बोनस सेयरको कर प्रयोजार्थ ०.७० प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ ।
सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन् ।
तपाईको प्रतिक्रिया