१० मंसिर/अर्थ र व्यापार – मुक्तिनाथ क्यापिटलले आगामी २० मंसिरदेखि मुक्तिनाथ म्युचुअल फन्ड–१ निष्कासन गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ ले प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमा १५ करोड रुपैयाँको इकाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछन् । बाँकी ८५ करोड रुपैयाँको सर्वसधारणका लागि ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुनेछ । यसमा आगामी २४ मंसिरसम्म आवेदन दिन सकिने सो क्यापिटलले जनाएको छ ।
सो अवधिमा माग अनुसार आवेदन नपरेमा आगामी ९ पुससम्म आवेदन दिन सक्ने सो कम्पनीले जनाएको छ । यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
तपाईको प्रतिक्रिया