logo

सेयर बजार घटेर २६६७ अंकमा, कारोबार रकम पनि घट्यो

    554   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेर २६ सय ६७ दशमलब ४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३ दशमलब ०३ अंकले घटेर २६ सय ६७ दशमलब ४० विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम पनि घटेको छ ।
अघिल्लो कारोबार दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन जम्मा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार कुल ५५ कम्पनीको मूल्य बढ्दा १ सय ८१ वटा कम्पनीको सयेर मुल्य घट्यो ८ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यसदिन दुईवटा उपसमूह लगानी र उत्पादन उपसमुह बाहेक सबै सूचक घटेको छ ।
बैंकिङ उपसमुह ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे ।
यसदिन सबैभन्दा धेरै माहुली लघुवित्तको ६.३ प्रतिशतले सेयर मुल्य घटेको छ । यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत , नेपाल फाइनान्सको ५.३४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन लगानी उपसमुहको ०.०८ प्रतिशत र उत्पादन उपसमूहको ०.६८ प्रतिशतले सेयर मुल्य बढेको छ । आइतबार थ्रीस्टार हाइड्रोपावरको ९ दशमलब ९१ प्रतिशतले मूल्य बढ्यो । ङादी ग्रुपको ९.५८ प्रतिशत, जानकी फाइनान्सको ८.०७ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१ प्रतिशत, सामुदायिक लघुवित्तको ६.६ प्रतिशत, बेस्ट फाइनान्सको ६.१० प्रतिशत र सान्जेन जलविद्युतको ३.८६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, बेस्ट फाइनान्स र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।