logo

९.०९ अंकले बढ्यो सेयर बजार

    605   पटक पढिएको


५ मंसिर/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन बुधबार सेयरबजार परिसूचक नेप्से ९ दशमलब शूनय ९ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७ सय ११ दशमलब ७५ विन्दुमा आइपुगेको छ ।
यसदिन नेप्से बढ्दा पनि सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन मंगलबार १० अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन जम्मा ७ अर्ब ९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यसदिन कुल १ सय ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ।
यसैगरी, ८९ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ११ वटाको स्थिर रहेको छ । यसदिन सबैभन्दा धेरै विकास बैंक उपसमूहको सेयर मुल्य ३ दशमलब ३८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स उपसमुहको १ दशमलब ६६ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.४५ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.२८ प्रतिशत , लगानी उपसमुहको ०.२० प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.०७ प्रतिशत र व्यापार उपसमुहको ०.२७ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढेको छ । जसमा कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
बुधबार बैंकिङ उपसमुहको सेयर मूल्य ०.२६ प्रतिशतले घट्यो । यसैगरी, जीवन बीमा उपसमुहको ०.१८ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.२१ प्रतिशत र अन्य समुहको सेयर मूल्य शून्य दशमलब ०७ प्रतिशतले घटेको छ । त्यस्तै उत्पादन उपसमूहको सेयर मुल्य स्थिर रहेको छ ।
यसदिन गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । युनिक नेपाल लघुवित्तको ७.०६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास बैंक र बेस्ट फाइनान्स कम्पनीको सेयर मुल्य क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।