logo

१३.९५ अंकले बढ्यो सेयर बजार, १०अर्ब ३२ करोडको कारोबार

    539   पटक पढिएको


२९ कात्तिक/अर्थ र व्यापार – यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १३ दशमलब ९५ अंकले बढेको छ । यस अंकको वृद्धिसँगै नेप्से २७ सय ४८ बिन्दुमा आएको छ ।
अघिल्लो करोबार दिनको तुलनमा मंगलबार सेयर करोबार रकम पनि बढेको छ । यस दिन १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४ सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन बुधबार जम्मा ७ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका कुल ३ सय २१ वटा कम्पनीहरु मध्ये १ सय ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी, ७९ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ६ वटाको स्थिर रह्यो ।
यस दिन हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै १ दशमलब ३४ प्रतिशतले बढ्यो । विकास बैंक उपसमुह १ दशमलब २१ प्रतिशत , बैंकिङ उपसमुह सुन्य दशमलब ४४ प्रतिशत , होटल तथा पर्यटन उपसमुह सुन्य दशमलब ९३ प्रतिशत , माइक्रोफाइनान्स उपसमुह सुन्य दशमलब ७७ प्रतिशत र अन्य समूहको सेयर मुल्य सुन्य दशमलब ६३ प्रतिशतले बढेका छन् ।
कारोबारमा आएका विभिन्न कम्पनीहरुमध्ये तीनवटा कम्पनीहरु गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपरहेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । ङादी ग्रुपको ९.७९ प्रतिशत, माछापुच्छ्रे बैंकको ९ दशमलब ५६ प्रतिशत , धौलागिरि लघुवित्तको ८.७ प्रतिशतले मूल्य बढ्यो ।
यो दिन फाइनान्स उपसमुहको सुन्य दशमलब ०९ प्रतिशत , लगानी उपसमुहको सुन्य दशमलब ०३ प्रतिशत , जीवन बीमा ०.०३ प्रतिशत , उत्पादन ०.३ प्रतिशत , निर्जीवन बीमा ०.०८ प्रतिशत र व्यापार उपसमूहको ०.६२ प्रतिशतले सेयर मुल्य घटेका छन् ।
यसैगरी, रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशत घट्यो । त्यस्तै कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.३, पिपुल्स हाइड्रोपावरको ६.०८, सुपरमाइ हाइड्रोपावरको ४.९२, समृद्धि फाइनान्सको ४.३६ प्रतिशत घट्यो ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहेका छन् । यस साताको मात्र नभएर मंसिर महिनाकै अन्तिम कारोबार दिन मंगलबार समग्रमा नेप्से परिसूचक उकालो लागेको छ ।
यसदिन कारोबारमा आएका फाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्। यसदिन हाइड्रोपावर र विकास बैंकको सूचक सर्वाधिक वृद्धि भएको छ भने सर्वाधिक जानकी फाइनान्सको ३५ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।