logo

सामान्य अंकले घट्यो सेयर बजार,फाइनान्समा लगानीकर्ताको आकर्षण

    508   पटक पढिएको


२८ कात्तिक/अर्थ र व्यापार – यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से १४ दशमलव १२ अंकले घटेको छ । सो अंकको गिरावटपछि पेन्से २७ सय ३४ विन्दुमा आइपुगेको छ ।
यसदिन सेयर बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएको थियो । मंगलबार कुल ७ अर्ब ९१ करोडको सेयर कारोबार भएको थियो ।
यसदिन ९९ वटा कम्पनीको मूल्य बढ्दा १ सय ३८ वटाको घट्यो भने ७ वटाको स्थिर रह्यो । मंगलबार फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । समग्र बजार घट्दा पनि फाइनान्स उपसमुहको ४ दशमलब २ प्रतिशतले सेयर मुल्य बढेको छ । यसैगरी, विकास बैंक उपसमुहको सेयर मुल्य १ दशमलब ४७ प्रतिशत र हाइड्रोपावर सूचक सुन्य दशमलब ८१ प्रतिशतले बढेको छ ।
सप्तकोशी विकास बैंक, सिर्जनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्ेको छ । रावा इनर्जीको ९.९१, बलेफी हाइड्रोपावरको ९.८८, सपोर्ट माइक्रोफाइनान्सको ९.१५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बैंकिङ उपसमुहको १ दशमलब ३७ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ०६ प्रतिशत , लगानी उपसमुहको १ दशमलब ११ प्रतिशत , जीवन बीमा उपसमुहको १ दशमलब १९ प्रतिशत , उत्पादन क्षेत्र उपसमुहको सुन्य दशमलब ९६ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ३७ प्रतिशत , निर्जीवन बीमा उपसमुहको १ दशमलब २३ प्रतिशत, अन्य समुहको सुन्य दशमलब ८३ प्रतिशत र व्यापार समूहको १ दशमलब ६१ प्रतिशतले घटेका छन् ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो । समाज लघुवित्तको ४.९३, एनएलजी इन्स्योरेन्सको ४.०४ तथा बुटवल पावरको मूल्य ३.६३ प्रतिशत घट्यो । यसदिन कारोबार रकमका आधारमा जानाकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।
पछिल्लो लगातार दोस्रो दिन पनि घटेको सेयर बजारलाई ९ वटा उपसमूहले घटाएको हो । यसदिन सेयर बजारमा १ सय ३८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन भने ९९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । ५ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको पोजेटिभ सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।