logo

नेप्से २२.१४ अंकले बढ्यो, ११ अर्ब ३१ करोडको कारोबार

    532   पटक पढिएको


२६ कात्तिक/अर्थ र व्यापार– यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । नेप्सेमा सो अंकको वृद्धिसँगै २७ सय ६० बिन्दुमा कायम भएको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ । सोमबार कुल ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँको सेयर खरिदविक्री भएको छ । अघिल्लो कारोबारदिन जम्मा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको सेयर खरिदविक्री भएको थियो ।
यसदिन कुल १ सय ४३ वटा कम्पनीको मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मुल्य घटयो । यसैगरी, ९ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यस दिन सेयर बजारको कुल १३ वटा समुहगत सूचकहरुमा घट्ने र बढ्ने उपसमुहहरुमा मिश्रित अवस्था देखिएको छ । सोमबार माइक्रोफाइनान्स उपसमुहको सूचक सबैभन्दा धेरै ३ दशमलब २ प्रतिशतले बढेको छ । यसैगरी, बैंकिङ उपसमुहको १ दशमलब सुन्य ४ प्रतिशत, लगानी उपसमुहको १ दशमलब २८ प्रतिशत , जीवन बीमा उपसमुहको १ दशमलब ६६ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ०१ प्रतिशत , अन्य उपसमुहको सुन्य दशमलब २१ प्रतिशत र व्यापार उपसमूहको सुन्य दशमलब ७३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
त्यसैगरी, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब २२ प्रतिशत, विकास बैंक उपसमुहको सन्य दशमलब १० प्रतिशत, फाइनान्स उपसमुहको सून्य दशमलब ३० प्रतिशत र हाइड्रोपावर उपसमुहको सून्य दशमलब ०५ प्रतिशतले सेयर मुल्य घटेका छन् ।
यसदिन विभिन्न ८ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको सयेर मूल्यमा सर्किट नै लागेर १० प्रतिशत बढ्यो । यसैगरी, गुडविल फाइनान्सको ९ दशमलब ८ प्रतिशत तथा नारायणी विकास बैंकको ९ दशमलब ६ प्रतिशत मूल्य बढेको छ ।
यसदिन इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत,समृद्धि फाइनान्सको ९ दशमलब ७ प्रतिशत , सानिमा जीआईसी इन्स्योरेन्सको ४ दशमलब १ प्रतिशतले सेयर मुल्य घट्यो । कारोबार रकमका आधारमा साहस ऊर्जा, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहेका छन् ।
सोमबार कारोबारमा आएका विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमाबाहेकका उपसमूहले मात्र बजार बढाएका हुन् । कारोबारमा आएका ३ सय २ वटा कम्पनीहरु मध्ये सेयरमूल्य बढ्दा १ सय ४३ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।