logo

उच्च अंकले बढ्यो सेयर बजार , नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ बिन्दुमा

    653   पटक पढिएको

२५ कात्तिक/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेर नेप्से २७ सय ३८ अंक नाघेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचक ६२ दशमलब ५४ अंकले बढेर २७ सय ३८ दशमलब सून्य ६ बिन्दुमा आइपुगेको छ ।
यस दिन २ सय २८ वटा कम्पनीको सेयर मूल्य बढेका छन् । १३ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ३ वटाको स्थिर रह्यो । यस दिन झन्डै १० अर्बको सेयर कारोबार भएको छ । आइतबार कुल ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको सेयर खरिदविक्री भएको छ ।
अघिल्लो कारोबार दिन जम्मा ५ अर्ब २२ करोडको मात्र कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन सबै समुहका सूचक बढेका छन् । हाइड्रोपावर उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ४ दशमलब २६ प्रतिशतले बढेको छ । यसैगरी, बैंकिङ उपसमुहको १ दशमलब ६२ प्रतिशत , विकास बैंक उपसमुहको २ दशमलब ७१ प्रतिशत, फाइनान्स उपसमुहको २ दशमलब ४८ प्रतिशत सेयर मुल्य बढेको छ ।
त्यस्तै, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ९६ प्रतिशत , लगानी उपसमुहको २दशमलब ५६ प्रतिशत, जीवन बीमा उपसमुहको २ दशमलब १६ प्रतिशत, उत्पादन क्षेत्र उपसमुहको २ दशमलब ३२ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ५१ प्रतिशत, निर्जीवन बीमा उपसमुहको १ दशमलब ९५ प्रतिशत, अन्य समुह २ दशमलब ५२ प्रतिशत र व्यापार समूहको १ दशमलब १५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
आइतबार ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसदिन गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपरमादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयर मूल्यमा सर्किट लागेर १० प्रतिशत बढेको थियो । यसैगरी, इस्टर्न हाइड्रोपावरको ९ दशमलब ५ प्रतिशत , पिपुल्स पावरको ९ दशमलब सुन्य प्रतिशत, मैलुङखोलाको ९ दशमलब सुन्य प्रतिशत ,माउन्टेन हाइड्रो नेपालको ८ दशमलब ८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, ङादी ग्रुप, एचआईडीसीएल प्रमोटर र साहस ऊर्जा क्रमशः अगाडि रहेका छन् । यसैगरी, यसदिन समाज लघुवित्तको ४ दशमलब ८ प्रतिशत , मिथिला लघुवित्तको ४दशमलब १ तथा कुथेली बुकरी स्मल हाइड्रोपावरको ३ प्रतिशतले मूल्य घट्यो ।
यसअघिका केहीदिन सेयर बजार घटेको थियो । यसदिन समग्रमा नेप्सेले हाफ सेन्चुरी भन्दा बढीको सूचक ६२ दशमलब ५४ अंकको ह्याटिक हानेको हो । आइतबार नेप्सेले लिएको यो उचाई पछिल्लो दुई महिनायताकै सर्वाधिक हो । यसअघि गत १९ भदौमा नेप्से २७ सय ३९ दशमलब ४६ विन्दुमा थियो।
यसदिन सबै उपसमूहले सेयर बजार हरियो भएका थिए । सोही कारण यसदिन २२८ वटा कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् भने १३ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यसदिनको सेयर बजारमा कारोबार रकम पनि गत भदौ पछिको सबैभन्दा धेरै हो । यसअघि गत ३० भदौमा १० अर्ब ३३ करोड रुपैयाँको सेयर खरिदविक्री भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।