logo

सेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से ९.१९ अंकले घटेर २६१७ विन्दुमा

    510   पटक पढिएको


११ कात्तिक/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा ओरालो यात्रा कायमै रहेको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से ९ दशमलब १९ मंकले घटेर २६ सय १७ दशमलब ९५ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ५ अर्ब ४१ करोडको कारोबार भएको थियो ।
यस दिन जम्मा ४ अर्ब ७३ २४ लाख ८७ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन कुल ३ सय २० वटा कम्पनीको कारोबार भएको थियो । जसमा ९२ वटा कम्पनीको सयेर मूल्य बढ्दा १४० वटाको घट्यो । ११ वटा कम्पनीको स्थिर रह्यो ।
यसदिन बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १ दशमलब ३० प्रतिशतले घट्यो । बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको दिनदेखि नै ओरालो लागेको बैंकिङ समुहको सेयर बजार अझै सम्हालिएको छैन । बैंकिङ क्षेत्रको वित्तिय विवरण त्यति सन्तोषजनक नदेखिएपछि अहिले यो समूहका लगानीकर्ताले निरन्तर घाटा व्यहोर्नु परेको छ ।
यसदिन जीवन बीमा समूह १ दशमलब १५ प्रतिशत , फाइनान्स १ दशमलब ११ प्रतिशत , होटल तथा पर्यटन सुन्य दशमलब ६९ प्रतिशत , हाइड्रोपावर सुन्य दशमलब ४७ र व्यापारको समुहको सेयर मुल्य सुन्य दशमलब २० प्रतिशत बढेका छन् ।
यीबाहेकका सबै समूहगत सूचक घटेका छन् । बैंकिङ समूहको सूचक सबैभन्दा धेरै प्रतिशत घट्यो । यसैगरी, विकास बैंक उपसमुह सुन्य दशमलब ५१ प्रतिशत , लगानी उपसमुह सुन्य दशमलब १७ प्रतिशत , उत्पादन सुन्य दशमलब ९१ प्रतिशत, माइक्रोफाइनान्स सुन्य दशमलब ७३ प्रतिशत , निर्जीवन बीमा सुन्य दशमलब ४४ प्रतिशत र अन्य समूहका सेयर मुल्य सुन्य दशमलब ३२ प्रतिशतले घटेका छन् । यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, माइखोला हाइड्रोपावर र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशतले बढेर लगानीकर्ताले राम्रो नाफा कमाएका छन् । कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, नेपाल एसबीआई बैंक, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहेका छन् ।
कालिन्चोक दर्शनको ९.७७ प्रतिशत , मकर जितुमाया हाइड्रोको ७.३९ प्रतिशत , नेपाल फाइनान्सको ६.६८ प्रतिशत , जानाकी फाइनान्सको ५.९० प्रतिशतले सेयर मूल्य बढ्यो । आइतबार नेपाल एसबीआई बैंकको मूल्य ६.७९ प्रतिशत घट्यो । प्राइम कमर्सियल बैंकको ४.१७ प्रतिशत , रावा इनर्जीको ४.०३ प्रतिशत र आईसीएफसी फाइनान्सको ३.८३ प्रतिशतले घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।