logo

बैंकको नाफा बढ्दा पनि नेप्से २०.४१ अंकले घट्यो

    444   पटक पढिएको


७ कात्तिक/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको नाफा बढ्दा पनि बुधबार सेयर बजार ओरालो लागेर नेप्से परिसूचक २०.४१ अंकले घटेको छ ।
दिनभरको उतारचढावकाबीच नेप्से परिसूचक बुधबार २०.४१ अंकले घटेर २६ सय ४५ दशमलब ३९ विन्दुमा झरेको छ । यसदिन फाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले सेयर बजार घटाएका हुन्।
बुधबार बैंकिङ सूचक सर्वाधिक १ दशमलब ७० प्रतिशतले घटेको छ । बुधबार नै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
यस्तो अवस्थामा पनि सेयर बजार घटेको छ । यसदिन कारोबारमा आएका ३ सय २४ वटा कम्पनीहरु मध्ये १ सय ५५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । माहुली लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलब २८ प्रतिशतले गुमाएका छन्।
यसदिन ७६ वटा कम्पनीको सेयर मुल्य बढेको छ । दुई कम्पनीको मूल्यका पोजेटिभ सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। त्यसपछि सेन्टस फाइनान्स लगायतले कमाएका छन ।
बुधबार कुल ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यसदिन आईसीएफसी फाइनान्सको सर्वाधिक ४३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार सार्वजनिक गरिएका विभिन्न बैंकहरुको प्रथम त्रैमासिक वित्तीय विवरणमा बैंकहरूले नउठेको कर्जा उठाउने र त्यसले वितरणयोग्य नाफा उच्च दरमा बढ्ने अनुमान रहे पनि कतिपयको वितरणयोग्य नाफा नै ऋणात्मक भएकाले सो विवरण प्रभाव बुधबारको सेयर बजारमा देखिएको हुन सक्ने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन । जसले गर्दा बुधबार सेयर बजारमा सबैभन्दा धेरै बैंकिङ सेक्टर घटेको र त्यहीं सेक्टरले बजारलाई झारेको उनीहरुको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।