logo

बैंकको नाफा बढ्दा पनि नेप्से २०.४१ अंकले घट्यो

    581   पटक पढिएको


७ कात्तिक/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको नाफा बढ्दा पनि बुधबार सेयर बजार ओरालो लागेर नेप्से परिसूचक २०.४१ अंकले घटेको छ ।
दिनभरको उतारचढावकाबीच नेप्से परिसूचक बुधबार २०.४१ अंकले घटेर २६ सय ४५ दशमलब ३९ विन्दुमा झरेको छ । यसदिन फाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले सेयर बजार घटाएका हुन्।
बुधबार बैंकिङ सूचक सर्वाधिक १ दशमलब ७० प्रतिशतले घटेको छ । बुधबार नै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
यस्तो अवस्थामा पनि सेयर बजार घटेको छ । यसदिन कारोबारमा आएका ३ सय २४ वटा कम्पनीहरु मध्ये १ सय ५५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । माहुली लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलब २८ प्रतिशतले गुमाएका छन्।
यसदिन ७६ वटा कम्पनीको सेयर मुल्य बढेको छ । दुई कम्पनीको मूल्यका पोजेटिभ सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। त्यसपछि सेन्टस फाइनान्स लगायतले कमाएका छन ।
बुधबार कुल ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यसदिन आईसीएफसी फाइनान्सको सर्वाधिक ४३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार सार्वजनिक गरिएका विभिन्न बैंकहरुको प्रथम त्रैमासिक वित्तीय विवरणमा बैंकहरूले नउठेको कर्जा उठाउने र त्यसले वितरणयोग्य नाफा उच्च दरमा बढ्ने अनुमान रहे पनि कतिपयको वितरणयोग्य नाफा नै ऋणात्मक भएकाले सो विवरण प्रभाव बुधबारको सेयर बजारमा देखिएको हुन सक्ने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन । जसले गर्दा बुधबार सेयर बजारमा सबैभन्दा धेरै बैंकिङ सेक्टर घटेको र त्यहीं सेक्टरले बजारलाई झारेको उनीहरुको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।