logo

नेप्से २५.८८ अंकले बढ्यो

    502   पटक पढिएको


६ कात्तिक/अर्थ र व्यापार – यो साताको तेस्रो सेयर करोबार दिन नेप्से परिसूचक २५.८८ अंकले बढेर २६ सय ६५.८१ विन्दुमा आइपुगेको छ ।
यसअघिका पछिल्लो दुई दिनमा १०० अंक भन्दा बढीले घटेको सेयर बजार मंगलबार पुनः बजार सम्हालिएर यसरी उकालो लागेको छ ।
अघिल्लो कारोबार दिन आइतबार नेप्सेमा ४७.४४ अंक र सोमबार ५७.९९ अंकको गिरावट आएको थियो। मंगलबार केही बजार बढेसँगै सबै उपसमूहले बजार बढाएका हुन्। यसदिन फाइनान्सको सूचक ३.०३ प्रतिशतले वृद्धि भएको छ । कारोबार खुलेदेखि उचारचढावपूर्ण बनेको नेप्से अन्तिम समयमा आएर केही बढेको हो।
यसदिन कारोबारमा आएका ३ सय १४ वटा कम्पनीहरु मध्ये १ सय ९९ वटा कम्पनीको सेयर मुल्य बढेको छ । रवा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ८.८६ प्रतिशतले वृद्धि भएको छ।
यसदिन ४० वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.७५ प्रतिशतले घटेको छ । मंगलबार कुल ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । अघिल्लो दिन आइतबार कुल ५ अर्ब ९० करोडको कारोबार भएको थियो । यसदिन गुडविल फाइनान्सको सर्वाधिक १७ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।