logo

ऋण तिर्न शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै थ्रीस्टार हाइड्रोपावर

    446   पटक पढिएको


६ कात्तिक/अर्थ र व्यापार – थ्रीस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पुँजीको १ः१ बराबरको हकप्रद सेयर निष्काशन गर्न विद्युत् नियमन आयोगमा पूर्वस्वीकृति लिन निवेदन दिने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँ छ । आयोगले अनुमति दिए कम्पनीले सोही बराबरको हकप्रद सेयर जारी गर्नेछ । त्यसबाट संकलन हुनेमध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहने १५ करोड निको इनर्जी लिमिटेडले बनाइरहेको माथिल्लो भुरुण्डी ए जलविद्युत् (९ मेवा) आयोजनामा स्वपुँजीमा लगानी गर्ने सो कम्पनीले जनाएको छ ।
विद्युत् नियमन आयोगले पूर्वस्वीकृति दिएपछि कम्पनीको वार्षिक साधारण सभाले यो प्रस्ताव अनुमोदन गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।