५ कात्तिक/अर्थ र व्यापार – सपोर्ट लघुवित्तले गत वर्षको माुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । सो कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिले १३.७७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस कम्पनीको चुक्ता पुँजी हाल १० करोड ७६ लाख रुपैयाँ छ ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।
तपाईको प्रतिक्रिया