logo

सेयर बजारको उकालो यात्रा कायमै, ७ अर्ब १९ करोडको कारोबार

    419   पटक पढिएको


१ कात्तिक/अर्थ र व्यापार – सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक बिहीबार २ दशमलब ४७ अंकले वृद्धि भएर २७ सय ४५ दशमलब ३६ विन्दुमा पुगेको छ । दसैंपछि नेप्से लगातार तेस्रो दिन उकालो लागेको छ । नेप्से यसअघि मंगलबार ३१.४८ र बुधबार ४३.२२ अंकले उकालो लागेको थियो।
बिहीबार होटल तथा पर्यटन, ट्रेडिङ, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स, हाइड्रोपावर र विकास बैंक बाहेकका उपसमूहले बजार बढाएका हुन् । नेप्से अपराह्न २ः११ मा २७ सय ८०.९७ विन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेर कारोबार बन्द हुनु एक मिनेटअघि २७ सय ४२ विन्दुमा झरेको थियो । अन्तिम मिनेटमा नेप्से झिनो अंकले बढेको हो ।
कारोबारमा आएका ३ सय १६ मध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ । यसदिन गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ७.६३ प्रतिशतले कमाएका छन् । १४२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
अपर स्याङे हाइड्रोपावरको भाउ सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ । बिहीबार ७ अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएकामा सबैभन्दा धेरै कुमारी बैंकको ३३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।