logo

धमाधम उकालो लाग्दै सेयर बजार , नेप्से ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा

दसैंका बेला लगानीकर्तामा छायो उत्साह

    514   पटक पढिएको


२० असोज/अर्थ र व्यापार – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । यसअघि बजार घटेर केही घाटा सहेर बसेका लगानीकर्ताबीच अहिले धमाधम उकालो लाग्दै गरेको सेयर बजारले थप उत्साह छाएको छ । दसैंको बेला उत्साहकासाथ बजार बढेपछि अबको दसैं बिदा अघिका ३ कारोबार दिन पनि थप राम्रो हुने छनक देखिएको छ ।

नेप्से परिसूचक आइतबार ५६.०९ अंकले बढेर २६ सय ५३ दशमलब ५८ विन्दुमा पुगेको हो । यसदिन १३ वटै उपसूहको सूचक बढ्दा फाइनान्स उपसमूह सबैभन्दा धेरै ६.३० प्रतिशतले बढेको छ।
आइतबारको बजारमा २१९ कम्पनीका लगानीकर्ताले कमाएका छन्। धेरै कमाउनेमा ङ्यादी हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
२३ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। धेरै गुमाउनेमा विन नेपाल लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
यसदिन सेयर बजारमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भयो । साहस ऊर्जाको सबैभन्दा धेरै ६३ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
यो साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको थियो । यसदिन कुल २ सय १९ वटा कम्पनीको मूल्य बढ्दा २३ वटाको घट्यो । २ वटाको स्थिर रह्यो । यस दिन फाइनान्स समुहमा लगानीकर्ताको आकर्षण देखिएको थियो । सोही कारण फाइनान्स सूचक सबैभन्दा धेरै ६दशमलब ३० प्रतिशतले बढेका छन । बैंकिङ समुह २ दशमलब २० प्रतिशत , विकास बैंक समुह २ दशमलब २२ प्रतिशत , होटल तथा पर्यटन समुह १ दशमलब ७१ प्रतिशत , हाइड्रोपावर समुह २ दशमलब ७३ प्रतिशतले बढेका छन ।
यसैगरी, लगानी समुह १ दशमलब ९९ प्रतिशत , जीवन बीमा समुह १ दशमलब ३४ प्रतिशत, उत्पादन समुह ३ दशमलब १२ प्रतिशत , माइक्रोफाइनान्स समुह १ दशमलब ४७प्रतिश , निर्जीवन बीमा समुह १ दशमलब ४९ प्रतिशत, अन्य समुह १ दशमलब ६२ प्रतिशत र व्यापार समुहका सेयर मुल्य सून्य दशमलब ९० प्रतिशतले बढेको थियो ।
जसमध्ये न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको थियो । मध्यभोटेकोशीको ९ दशमलब ७ प्रतिशत , इस्टर्न हाइड्रोपावरको ९ दशमलब ६ प्रतिशत , गुडविल फाइनान्सको ९ दशमलब २७ प्रतिशत , सिनर्जी पावरको ८ दशमलब १ प्रतिशत सेयर मूल्य बढेका छन् ।
विन नेपाल लघुवित्तको १० प्रतिशत, स्वरोजगार लघुवित्तको ५ दशमलब ३ प्रतिशत , उपकार लघुवित्तको ४ दशमलब ४ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा यसदिन साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, गुडविल फाइनान्स र एसियन लाइफ इन्स्योरेन्स प्रमोटर सेयर क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।