logo

सेयर बजारमा करेक्सन, नेप्से २६.०७ अंकले घट्यो

    415   पटक पढिएको


१६ असोज/अर्थ र व्यापार – अघिल्लो कारोबार दिन बढेको सेयर बजारमा बुधबार करेक्सन देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से २६.०७ अंकले घटेर सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको हो ।
सो करेक्सनपछि नेप्से २५ सय ९७ दशमलब ४९ विन्दुमा आएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । बुधबार कारोबार रकम केही घटेर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८ सय ८१ दशमलब ११ रुपैयाँमा सीमित भएको छ ।
सेयर कारोबारमा आएका कुल ३ सय १० वटा कम्पनीहरु मध्ये ५४ वटा कम्पनीको मूल्य बढ्ेको थियो । १ सय ८७ को वटाको घट्यो भने ३ वटा कम्पनीको मुल्य स्थिर रहेको थियो । यसदिन फाइनान्स बाहेकका सबै क्षेत्रगत समुहका सूचकहरु घटेका थिए । फाइनान्स समुह १.७५ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७१ प्रतिशत , विकास बैंक १.३८ प्रतिशत , होटल तथा पर्यटन १.७९ प्रतिशत , हाइड्रोपावर १.७४ प्रतिशत , लगानी १.५२ प्रतिशत , जीवन बीमा ०.४०, उत्पादन १.७९ प्रतिशत , माइक्रोफाइनान्स १.१२ प्रतिशत , निर्जीवन बीमा १.८२ प्रतिशत र व्यापार समुह १.१८ प्रतिशतले घटेका थिए ।
थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको मूल्यमा सर्किट लागेर १० प्रतिशत बढेको थियो । इस्टर्न हाइड्रोपावरको ९.४५ प्रतिशत, अपरहेवाखोलाको ८.०२ प्रतिशत , नेपाल वेयरहाउजिङको ७.७ प्रतिशत , उपकार लघुवित्तको ७.६ प्रतिशत, गुडविल फाइनान्सको ७.१ प्रतिशत र गुराँस लघुवित्तको ४.२ प्रतिशतले सेयर मूल्य बढेको थियो । सबैभन्दा धेरै गुमाउने कम्पनीहरुमा विन नेपाल लघुवित्तको १० प्रतिशत र न्यादी हाइड्रोपावरको ९ दशमलब २ प्रतिशत सेयर मूल्य घटेको थियो ।
कारोबार रकमका आधारमा यसदिन गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।