१५ असोज/अर्थ र व्यापार– नेपाल वेयर हाउजिङ कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।
बैठकले हकप्रद सेयर स्वीकृतिका लागि विशेष साधारण सभामा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी ६८ करोड ७५ लाख रुपैयाँ छ ।
वेयर हाउजिङ कम्पनी गत आर्थिक वर्षसम्म ८ करोड रुपैयाँ घाटामा छ । कम्पनीको प्रति सेयर आम्दानी ११.६४ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ८८.८६ रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया