logo

भदौमा सेयर बजारबाट उठ्यो २ अर्ब ५७ करोड ९४ लाख पूँजीगत लाभकर

    120   पटक पढिएको


७ असोज/अर्थ र व्यापार – भदौमा सेयर बजारमा उच्च अंकको गिरावट आएको अवस्थामापनि २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । सेयर बजारमा उच्च गिरावट भई समग्र बजार भदौ महिनामा मात्रै नेप्से १४ प्रतिशत (४२० अंक) ले घटेको थियो ।
सेयर बजारमा आएको उच्च गिरावटका बाबजुत पूँजीगत लाभकर भने उल्लेख्य बढेको देखिन्छ । भदौमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।
व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् भने १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत तिर्दै आएका छन् ।
त्यस्तै कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको छ ।
बजार न्यूनम विन्दुमा रहेका बेला खरिद गरेकाले भदौ महिनामा बिक्री गरी नाफा बुक गर्दा सो पूँजीगत लाभकर उठेको हो । भदौमा उठेको पूँजीगत लाभकर साउनको तुलनामा भने ३९ प्रतिशतले कम हो ।
साउन महिनामा मात्रै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । एकै महिनामा संकलन भएको सो लाभकर हालसम्मकै उच्च हो ।सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।