६ असोज/अर्थ र व्यापार – आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७५ प्रतिशत कर नगद लाभांश दिने निर्णय सो कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले गरेको छ ।
कम्पनीको चुक्तापुँजी हाल ६४ करोड १६ लाख १६ हजार रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
तपाईको प्रतिक्रिया