logo

बैंक ब्याजदर घट्दा पनि सेयर बजार बढेन, नेप्से ५७.०३ अंकले घट्यो

    501   पटक पढिएको


३१ भदौ/अर्थ र व्यापार – वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन सोमबार पनि सेयर बजार बढन सकेन । यसदिन पनि उच्च गिरावट आएको छ ।
बैंकहरूले सोमबार सार्वजनिक गरेको निक्षेपको ब्याजदरअनुसार अधिकांशले घटाएका छन् । औसत निक्षेपको ब्याजदर पनि घटेको छ ।

तर सोमबार बजारको परिसूचक नेप्से भने ५७.०३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५८० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ३३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३६ करोडमा खुम्चियो । कारोबार सुरु भएदेखि नै दिनभर बजारमा खरिद पक्ष कमजोर देखियो ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.५९, विकास बैंक २.७२, फाइनान्स ५.६६, हाइड्रोपावर २.२८, लगानी २.५३, जीवन बीमा १.९१, उत्पादन १.७१, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा १.९१, अन्य २.३३ तथा व्यापार २.७६ प्रतिशत घटे ।
कुल १४ कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो भने ३ को स्थिर रह्यो । आत्मनिर्भर लघुवित्त तथा हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ९.९ प्रतिशत बढ्यो।
रावा इनर्जीको मूल्य ५.३, राप्ती हाइड्रोको ५.३ प्रतिशत मूल्य बढ्यो । गुडविल फाइनान्सको ९.९, थ्रीस्टार हाइड्रोपावरको ९.३, नेपाल फाइनान्सको ८.४, सिर्जनशील लघुवित्तको ८.२ तथा मितेरी डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।