logo

नेप्से ७८.३२ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो

    485   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ । ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६सय ८८ विन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ६ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो दिनसम्म अन्तिम समयतिर उच्च दरले घट्ने गरेको बजारमा बिहीबार भने सकारात्मक स्थिति देखियो । दिउँसो १ ः ४६ बजेदेखि बजार उच्च दरले उकालो लाग्यो ।
यसदिन २ सय २९ कम्पनीको मूल्य बढ्दा १२ वटाको घट्यो भने ३ वटाको स्थिर रह्यो । सबैजसो क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.६६, विकास बैंक २.७०, फाइनान्स ३.४०, होटल तथा पर्यटन २.५०, हाइड्रोपावर ४.२४, लगानी ३.७२, जीवन बीमा ३.४६, उत्पादन २.१४, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा २.०१, अन्य ३.८२ र व्यापार ०.६३ प्रतिशत बढेका छन् ।
७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी, एसियन हाइड्रोपावर, सिंगटी हाइड्रोपावर तथा इमर्जीङ नेपालको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मायाखोला हाइड्रोपावरको ९.८, मकर जितुमाया सुरी हाइड्रोपावरको ९.६, एचआईडीसीएलको ९.२ प्रतिशत मूल्य बढ्यो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । सोबाहेक मूल्य धेरै घट्नेमा म्युचुअल फन्डका योजनाहरु अगाडि रहे । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपि पावर र एचआईडीसीएल संस्थापक सेयर क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।