logo

रोकिएन सेयर बजार घट्नेक्रम,नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा

    572   पटक पढिएको


२६ भदौ/अर्थ र व्यापार – अघिल्लो सातादेखि निरन्तर घटिरहेको सेयर बजारमा बुधबार पनि घट्नेक्रम नरोकिएर बियरिस ट्रेन्डमा देखिएको छ ।
लामो समयदेखि सयेर बजारमा देखिएको गिरावटले बुधबार पनि निरन्तरता पायो । नेप्से परिसूचक २२ दशमलब ७३ अंकले घटेर २६ सय १० दशमलब २१ विन्दुमा आइपुगेको छ।
बजारमा पछिल्लो एक सातादेखि निरन्तर गिरावट आएको छ । गत साता बुधबार ९०.७२ र बिहीबार १२.१० अंकले घटेको नेप्से यो साता आइतबार २५.४६, सोमबार ५५.८६ र मंगलबार १३.०९ अंकले ओरालो लागेको थियो।
लामो समयसम्म यसरी बजारमा लगातार गिरावट आउँदा गत ३१ साउनमा ३ हजार विन्दुमा पुगेको नेप्से यो महिना मात्र ३९० अंकले घटेको छ ।
बुधबार फाइनान्स, निर्जीवन बीमा कम्पनी र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। यसदिन १७४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एसियन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.८८ प्रतिशतले ओरालो लागेको छ । ६६ कम्पनीको सेयर भाउ बढेको छ। विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
कारोबार रकम ७ अर्बबाट तल झरेको छ। ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँको सेयर किनबेच हुँदा सीइडीबी हाइड्रोपावरको सर्वाधिक ३४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन मंगलबार ७ अर्ब २४ करोडको कारोबार भएको थियो । यसदिन ६६ कम्पनीको मूल्य बढ्दा १७४ वटाको घट्यो भने ४ को स्थिर रह्यो ।
फाइनान्स ०.४३ प्रतिशत , निर्जीवन बीमा ०.०१ र व्यापार ०.१६ प्रतिशत बढे । भने अन्य क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकास बैंक १.०२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.९२, लगानी १.८७, उत्पादन १.०१, माइक्रोफाइनान्स ०.५४, अन्य ०.६१ प्रतिशत घटेका छन ।
बुधबार विन नेपाल लघुवित्तको १० प्रतिशतले बढेर सर्किट लागेको थियो । यसैगरी, थ्रीस्टार हाइड्रोको ९.४ प्रतिशत तथा समाज लघुवित्तको ६.८ प्रतिशत मूल्य बढ्यो । एसियन हाइड्रोपावरको ६.८ प्रतिशत मूल्य घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.८, मनकामना इन्जिनियरिङको ४.६ प्रतिशतले मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर, समृद्धि फाइनान्स र एचआईडीसीएल प्रमोटर क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।