logo

सेयर बजार घट्नेक्रम जारि, नेप्से १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा

    480   पटक पढिएको


२५ भदौ/अर्थ र व्यापार – यो साताको तेस्रो करोबार दिन मंगलबार पनि सेयर बजार निरन्तर ओरालो नै लागेको छ । मंगलबार नेप्से १३ दशमलब शून्य ९ अंकले घटेर २६ सय ३२ दशमलब ९४ विन्दुमा आइपुगेको छ ।
यसअघि नेप्से आइतबार २५ दशमलब ४६ अंक र सोमबार ५५ दशमलब ८६ अंकले घटेको थियो। यसैगरी,अघिल्लो साताको बुधबार ९० दशमलब ७२ अंक र बिहीबार १२ दशमलब १० अंकले नेप्से घटेको थियो। यो साताको तेस्रो कारोबारदिन मंगलबार ट्रेडिङ बाहेकका सबै समूह घट्दा सेयर बजार सूचक यसरी आरोलो लागेको हो।
यसदिन १६९ कम्पनीको सेयरमूल्य घटेको छ भने ६७ कम्पनीको सेयरमूल्य बढेको छ । ९वटा कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
मंगलबार ६७ कम्पनीका लगानीकर्तालाई फाइदा कमाएका थिए । दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लगेको थियो। मानुषी लघुवित्त र थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।
यसदिन अघिल्लो दिनको तुलनामा सेयर कारोबार पनि घटेको छ। सोमबार ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको सेयर खरिदविक्री भएकामा मंगलबार कारोबार पनि घटेर ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँ मात्र भएको छ ।
यसदिन एचआइडीसीएलको संस्थापक सेयर सर्वाधिक २९ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, हिमालयन रिइन्स्योरेन्स २१ करोड ७६ लाख र सीइडीबी हाइड्रोपावरको २० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।