logo

नेप्से ५५.८६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    639   पटक पढिएको


२४ भदौ/अर्थ र व्यापार – सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको बजारमा दिनभर बिक्री गर्ने लगानीकर्ताको पक्ष हाबी बनेकाले यो अवस्था देखिएको हो ।
यसदिन २२ वटा कम्पनीको मूल्य बढ्दा २२२ कम्पनीको घट्यो । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १० अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने सोमबार जम्मा ९ अर्ब ४३ करोड रुपैयाँको मात्र कारोबार भयो ।
सोमबार सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ समुहतर्फ २.२८, विकास बैंक समुहतर्फ १.८७, फाइनान्स समुहतर्फ २.२७, होटल तथा पर्यटन समुहतर्फ २.६७ प्रतिशतले सेयर मुल्य घटेको छ । यसैगरी, हाइड्रोपावर समुहतर्फ २.४४, जीवन बीमा समुहतर्फ २.४९, उत्पादन समुहतर्फ १.२५, लगानी समुहतर्फ ०.३४, माइक्रोफाइनान्स समुहतर्फ २.३३, निर्जीवन बीमा समुहतर्फ २.४५, अन्य समुहतर्फ १.८३ र व्यापार समुहतर्फ ०.३५ प्रतिशत घटेका छन ।
यो दिन हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर मुल्य ८.९८ प्रतिशतले बढेको छ, नेपाल वेयरहाउजिङको मूल्य ७.५९ प्रतिशत , इमर्जिङ नेपालको ६.३८, सीईडीबी हाइड्रोपावरको ६.२१, स्वरोजगार लघुवित्तको ५.८७ प्रतिशतले मूल्य बढ्यो ।
उन्नति सहकार्य लघुवित्तको ७.७८, सिर्जनशील लघुवित्तको ७.०२, सपोर्ट माइक्रोफाइनान्सको ६.९७, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८५, युनिक नेपाल लघुवित्तको ६.५ प्रतिशत मूल्य घट्यो ।
सोमबार कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइनस्योरेन्स, हाथवे इन्भेस्टमेन्ट कम्पनी, एचआईडीसीएल संस्थापक र अपी पावर क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।