logo

नेप्से ५५.८६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    464   पटक पढिएको


२४ भदौ/अर्थ र व्यापार – सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको बजारमा दिनभर बिक्री गर्ने लगानीकर्ताको पक्ष हाबी बनेकाले यो अवस्था देखिएको हो ।
यसदिन २२ वटा कम्पनीको मूल्य बढ्दा २२२ कम्पनीको घट्यो । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १० अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने सोमबार जम्मा ९ अर्ब ४३ करोड रुपैयाँको मात्र कारोबार भयो ।
सोमबार सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ समुहतर्फ २.२८, विकास बैंक समुहतर्फ १.८७, फाइनान्स समुहतर्फ २.२७, होटल तथा पर्यटन समुहतर्फ २.६७ प्रतिशतले सेयर मुल्य घटेको छ । यसैगरी, हाइड्रोपावर समुहतर्फ २.४४, जीवन बीमा समुहतर्फ २.४९, उत्पादन समुहतर्फ १.२५, लगानी समुहतर्फ ०.३४, माइक्रोफाइनान्स समुहतर्फ २.३३, निर्जीवन बीमा समुहतर्फ २.४५, अन्य समुहतर्फ १.८३ र व्यापार समुहतर्फ ०.३५ प्रतिशत घटेका छन ।
यो दिन हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर मुल्य ८.९८ प्रतिशतले बढेको छ, नेपाल वेयरहाउजिङको मूल्य ७.५९ प्रतिशत , इमर्जिङ नेपालको ६.३८, सीईडीबी हाइड्रोपावरको ६.२१, स्वरोजगार लघुवित्तको ५.८७ प्रतिशतले मूल्य बढ्यो ।
उन्नति सहकार्य लघुवित्तको ७.७८, सिर्जनशील लघुवित्तको ७.०२, सपोर्ट माइक्रोफाइनान्सको ६.९७, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८५, युनिक नेपाल लघुवित्तको ६.५ प्रतिशत मूल्य घट्यो ।
सोमबार कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइनस्योरेन्स, हाथवे इन्भेस्टमेन्ट कम्पनी, एचआईडीसीएल संस्थापक र अपी पावर क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।