२१ भदौ/अर्थ र व्यापार – मान्डु हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको २१३ औं संचालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबर कम्पनीले नगद लाभांश दिने छ । सो लाभांशमा कानुबमोजिम कर कटौती हुने सो कम्पनीले जनाएको छ ।
लाभांशका लागि कम्पनीले ३१ भदामा बुक क्लोजको मिति तय गरेको छ । आगामी ३० भदौसम्म सेयर होल्ड वा खरिद गरेकाहरुले साधारणसभामा भाग लिन तथा नगद लाभांशका लागि हकदार हुनेछन् । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १०४१ रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया