logo

नेप्से ३.८० अंकले बढ्यो

    219   पटक पढिएको


१२ भदौ/अर्थ र व्यापार – बुधबार सेयर बजार सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ३.८० अंकले वृद्धि भएर २७ सय ८६.४० विन्दुमा रोकिएको छ । कारोबार खुलेदेखि उचारचढाव देखिएको बजार अन्तिममा झिनो अंकले बढेको हो ।
यसअघि मंगलबार नेप्से १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको थियो। कारोबारमा आएका फाइनान्स, विकास बैंक, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।
बुधबार सेयर बजारबाट ९७ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन्। ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका ३२६ मध्ये १४३ कम्पनीको भाउ घटेको छ ।
कर्णाली विकास बैंकका लगानीकर्ताले सर्वाधिक ६.८८ प्रतिशतले गुमाएका छन्। १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक चन्द्रागिरि हिल्सको ४३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।