५ भदौ/अर्थ र व्यापार – नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।
सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयर धनीले असोज ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। सेयर खरिद गर्न चाहनेले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
कम्पनीले सेयर भाउ प्रति कित्ता ४५० रुपैयाँ तोकेको छ। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया