logo

सेयर कारोबारमा नयाँ रेकर्ड, नेप्से ९४.४६ अंकले बढेर २८६० विन्दुमा

    469   पटक पढिएको


२७ साउन/अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार बजार बढेर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।आइतबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंकले बढेर २८६० विन्दुमा पुगेको छ ।

यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसअघि गत २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।
आइतबार कारोबार रकम मात्र नभई बजारको परिसूचक नेप्सेले पनि २८६० अंक नाघेर सेयर कारोबारमा नयाँ रेकर्ड बनेको हो । लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए । आइतबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

यसदिन २२५ वटा कम्पनीको मूल्य बढ्दा १५ वटाको घट्यो भने २ वटाको स्थिर रहेको थियो । आइतबार सबै क्षेत्रगत सूचक बढेका छन् । नेसनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
निफ्रा, थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । युनिलिभर नेपालको ३.८५ प्रतिशत घट्यो ।
यसदिन कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, नेपाल फाइनान्स तथा माथिल्लो तामाकोशी क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।