logo

अर्थ समितिमा चौधरीले भने: इन्साइडर ट्रेडिङका कारण सेयर बजार अस्वाभाविक रुपमा उचालियो

    462   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार – नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले इन्साइडर ट्रेडिङका कारण सेयर बजार अस्वाभाविक रुपमा उचालिएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको अर्थ समितिमा सांसद चौधरीले सेयर बजारको सम्बन्धमा सबैतिर प्रश्न उठेको बताए । यसलाई कसरी सन्तुलित बनाउने भन्नेतर्फ सोच्नुपर्ने उनको भनाइ थियो।
‘धेरैको लगानी फसेको छ। यसलाई कसरी सुरक्षित गर्नेतिर हेर्नुपर्छ,’ सांसद चौधरीले भने, ‘सेयर बजारको क्षमता के हो? रियल क्यापासिटी के हो? कतिसम्म बढ्न सक्छ? यसलाई बढाउन सेबोनले के गर्नसक्छ?’
बजारमा बुक भ्यालु, नेटवर्थ धेरै कम हुँदाहुँदै पनि सेयर मूल्य किन बढ्यो? भन्दै उनले प्रश्नसमेत गरे। वास्तविक भ्यालु एउटा र सेयरको भ्यालु किन यति फरक भयो यसलाई बोर्डले हेर्नैपर्नेे बताए। ‘चन्द्रागिरि हिल्स, दिव्यश्वरी हाइड्रोपावर, आँखुखोला लगायत कमजोर भ्यालु भएका कम्पनीको सेयर मूल्य किन धेरै छ?’ उनले प्रश्न समेत गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।