२२ साउन/अर्थ र व्यापार – हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर बिक्री गर्ने भएको हो।
लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको सेयर कम्पनीले जो कोही व्यक्ति तथा कम्पनीलाई बिक्री गर्न बोलपत्र आह्वान गरेको छ ।
सेयर खरिदका लागि साउन २९ देखि भदौ ६ सम्म बोलपत्र पेस गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ।
कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । कम्पनीको चुक्ता पुँजी हाल २२ अर्ब ८७ अर्ब ३९ लाख रुपैयाँ छ।
तपाईको प्रतिक्रिया