१७ साउन/अर्थ र व्यापार – पछिल्लो समय अकस्मात चम्किएको सेयर बजारमा लगातार दोस्रो दिन बिहीबार २२ अर्ब रुपैयाँ नजिकको सेयर कारोबार भएको छ । बिहिबार २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
बुधबार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार सहित नेप्सेले ऐतिहासिक रेकर्ड बनाएको थियो। बिहीबार नेप्से परिसूचक भने ५.२९ अंकले घटेर २७ सय ५५.६२ विन्दु कायम भएको छ । फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र निर्जीवन बीमा बाहेकका उपसमूहले बजार घटाएका हुन्।
यसदिन कारोबारमा आएका ३३२ वटा कम्पनीहरुमध्ये १६४ कम्पनीको सेयर मूल्य घटेको छ। ट्रेडिङ उपसमूहको सूचक सर्वाधिक ३.५४ प्रतिशतले घटेको छ । पिलुल्स हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.१३ प्रतिशतले गुमाएका छन्।
हिमालयन रि–इन्स्योरेन्सको सबैभन्दा धेरै ५९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, शिवम् सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसदिन ७४ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एचआइडीसीएल, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटल, कुथेली बुखरी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
तपाईको प्रतिक्रिया