१४ साउन/अर्थ र व्यापार – सोमबार बजर खुल्ने बित्तिकै पनि उचालिएको सेयर बजारमा अन्ति समयमा आएर करेक्सन भयो । करेक्सनपछि सेयर बजार परिसूचक नेप्से २०.६३ अंकले घट्यो ।
सो अंकको गिरावटपछि नेप्से परिसूचक २६ सय ६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भयो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७ सय ३५ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि सो अंक धेरैबेर टिक्न सकेन ।
सोमबार बजार घट्दा पनि कारोबार रकम भने उच्च भएको छ । सोमबार १९ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसदिन ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ वटाको स्थिर रह्यो ।
फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढे भने अरु सबै घटे । बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०.५६ र व्यापार १७६ अंक घटेका थिए ।
सोमबार नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ८.५, बाराही हाइड्रोपावरको ६.८, जानाकी फाइनान्सको ६.८ तथा गणपति लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो । आरम्भ चौतारी लघुवित्तको मूल्य ८.३, बोटलर्स नेपाल बालाजुको ७.९, अभियान लघुवित्तको ६.८, गुराँस लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहेका थिए ।
तपाईको प्रतिक्रिया