logo

सेयर बजार १७.१८ अंकले घट्यो, कारोबार रकम बढेर ८ अर्ब ७३ करोड

    129   पटक पढिएको


३१ असार/अर्थ र व्यापार – आइतबार उच्च अंकले बढेको सेयर बजार साताको दोस्रो दिन सोमबार ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२ सय ४०.४१ को विन्दुमा पुगेको छ ।
यसदिन कारोबार रकम भने बढेर झन्डै ९ अर्ब रुपैयाँ पुगेको छ । कारोबारमा आएका हाइड्रोपावर,इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेकका ९ उपसमूहले बजार घटाएका हुन् । ३ सय २२ वटा कम्पनी मध्ये १८४ कम्पनीको सेयर मूल्य घटेको छ । सेलिङ प्रेसरका कारण नेप्से परिसूचक घटेको हो ।
आइतबार ५२.९७ अंकले बजार बढ्दा अधिकांश कम्पनीको सेयर मूल्य बढेको थियो। पछिल्लो दुई साता लगातार बढेको मूल्यमा लगानीकर्ताहरु नाफा बुक गर्न लाग्दा सोमबार परिसूचक घट्न पुगेको हो ।
सोमबार ८ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो दिन आइतबार नेप्से ५२.९७ अंकले बढेर २२ सय ५७.५९ को विन्दुमा रहँदा जम्मा ७ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएको थियो। सोमबार कारोबार रकम झन धेरै बढेको हो ।
सोमबार अपर तामाकोसी हाइड्रोपावरको सर्वाधिक ३७ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । निफ्राको २१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले १० प्रतिशत बढीले गुमाएका हुन।
एक कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ । सिभिल डिबेन्चरको सेयर मूल्य १० प्रतिशत र माण्डू हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।