logo

नेप्से परिसूचक ५.३७ अंकले घट्यो

    512   पटक पढिएको


९ असार/अर्थ र व्यापार – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेको छ । आइतबार ०.२५ प्रतिशतले घटेको नेप्से २०६२.९४ बिन्दुमा कायम भएको छ । नेप्से घटे पनि लगानीकर्ता फाइनान्समा झुमिएका छन् ।
यस दिन फाइनान्स समूह ५.४९ प्रतिशतले बढेको छ । सूचिकृत १३ समूहमध्ये सबैभन्दा धेरै लगानीकर्ताको रोजाइमा परेको पनि फाइनान्स समूह नै छ । सो समूह १२८.८३ अंकले बढेसँगै २४६९.३० बिन्दुमा कायम भएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको बारोबार भएको थियो ।
कारोबारमा आएका १३ सूचकमध्ये फाइनान्स बाहेक अन्य समूह र ट्रेडिङ समूह क्रमश ०.२६ र ०.६६ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेको छ ।
सबैभन्दा धेरै लघुवित्त समूह १.२३ प्रतिशतले घटेको छ । पोखरा फाइनान्सको १७ करोडको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी, माण्डु, समृद्धि फाइनान्स, एनआरएन इन्फ्रास्क्चर, प्रोगेसिभ फाइनान्स, गोर्खाज फाइनानस, मल्टिप्रपोज फाइनान्समा लगानीकर्ताहरू झुम्मिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।