logo

२८.६२ अंकले बढ्यो नेप्से, माइक्रोफाइनान्स र हाइड्रोपावरमा आकर्षण

    700   पटक पढिएको

 

१ जेठ/अर्थ र व्यापार – मंगलबार सेयर बजार २८.६२ अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन् । नेप्से परिसूचक २८.६२ अंक अर्थात १.४३ प्रतिशतले बढेर २०२७.५१ बिन्दुमा पुगेको छ । केही समयदेखि निरन्तर १९ सय बिन्दुमा रहँदै आएको नेप्से परिसूचक अहिले २ हजार बिन्दु भन्दामाथी पुगेको हो ।
मंगलबार सेयर बजार बढेपनि २२ कम्पनीको मूल्य घटेको छ भने २१९ कम्पनीको बढेको छ । त्यस्तै ३ कम्पनीको स्थिर रहेको छ । नेप्से बढ्दा कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब बढीको सेयर कारोबार भएको छ । यस दिन ४ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर कारोबार भएको हो । सोमबार करिब साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो ।
मंगलबार सबै क्षेत्रका सूचकहरु बढेका छन् । माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ । आज समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ । आज सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।